दिल्ली दूतावासबाट चुच्चे नक्सा हटाएर देउवाले राष्ट्रिय दलाली गरे: ओली

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा निकालेपछि आफू नेतृत्वको सरकार ढालिएको उनले बताए।

नेपालभ्युज

दिल्ली दूतावासबाट चुच्चे नक्सा हटाएर देउवाले राष्ट्रिय दलाली गरे: ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासबाट चुच्चे नक्सा हटाएर राष्ट्रिय दलाली गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको भारतभ्रमणका क्रममा दूतावासमा चुच्चे नक्सा हटाएर बुच्चे राखिएको आरोप उनले लगाए।

‘‘हिजो मात्र दूतावासबाट चुच्चे नक्साबाट चुच्चो हटाउनुभयो र बुच्चे बनाउनुभयो, भौगोलिक अखण्डतामाथिको खेलबाँड के यो साधारण कुरा हो ?” उनले भने, ‘‘यो भन्दा राष्ट्रिय दलाली यो भन्दा लज्जाजनक कुरा के हुन्छ?”

संविधान संशोधन गरेर बनाइएको नक्सा हटाएकोप्रति उनले आपत्ति जनाए। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा निकालेपछि आफू नेतृत्वको सरकार ढालिएको उनले बताए।

काठमाडौंमा जारी एमाले बुद्धिजिवि परिषद्को महाधिवेशनमा नयाँ नक्सा निकालेकै दिनदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र  नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले षड्यन्त्र शुरु गरेको आरोप लगाए। उनले भने, ‘‘चुच्चे नक्सा छाप्दा यिनको मन दुख्यो अनि सरकार ढाल्न हाम्फालेर हिँडेका हुन्। यिनीहरूले सकेका भए त कम्युनिस्ट आन्दोलन नै सिद्ध्याउने,पार्टी कब्जा गर्ने योजना थियो।”

कम्युनिष्ट आन्दोलन निमिट्यान्न पार्न नसकेपछि सरकार कांग्रेसलाई बुझाउन प्रचण्ड र नेपाल अदालतर्फ लागेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved