विद्यालय भवन हस्तान्तरण

नेपालभ्युज

विद्यालय भवन हस्तान्तरण

वीरगन्ज । वीरगन्ज युथ राउन्ड टेबल १३ र वीरगन्ज फेन्ड राउन्ड टेबल ८ को संयुक्त आयोजनामा निर्माण भएको ४ वटा कक्षा कोठा हस्तान्तरण गरिको छ।

वीरगन्जको छपकैया वडा नमबर ३ मा रहेको ताराचन्द किसन लाल आधारभुत विद्यालयलाई कक्षाकोठा हस्तान्तरण गरिएको हो।

विद्यालयको भवनमा एक कार्यक्रमको आयोजना गरेर राउन्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष आनन्द बहेटीले नवनिर्मित सुविधासम्पन्न ४ वटा कक्षाकोठा विद्यालयका अध्यक्ष ताज महमदलाई हस्तान्तरण गरेका हुन्।

वीरगन्ज युथ राउन्ड टेबल १३ का पर्सा अध्यक्ष चिराग पठवारी र बिरगंज फेन्डस राउन्ड टेबल ८ पर्साका दिपल खन्नको सयुक्त अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

विद्यालयमा २६ लाख बरावरको भौतिक पूर्वाधार निर्माण गर्ने योजनाअन्तर्गत करिब १६ लाख बराबरको लागतमा ४ वटा कक्षा कोठा र सोको लागि कुर्सी, टेबल , कालोपाटी , आदिसमेत निर्माण गरी हस्तान्तरण गरिएको वीरगन्ज युथ राउन्ड टेबलका सदस्य ज्योति रुगटाले बताए।

अब शौचालय निर्माण बाँकी रहेको हुनाले सो कार्य पनि चाँडै अघि बढाइने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved