व्यवसायीले आजदेखि उठाउन छाडे पेट्रोलियम पदार्थ, पेट्रोलपम्पमा लाइन शुुरु

पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै व्यवसायीले शुक्रबार (आज) देखि सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन्।

नेपालभ्युज

व्यवसायीले आजदेखि उठाउन छाडे पेट्रोलियम पदार्थ, पेट्रोलपम्पमा लाइन शुुरु

काठमाडौं। पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै व्यवसायीले शुक्रबार (आज) देखि सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन्। सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन्।

पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै नेपाल आयल निगमले भाडा नबढाएको उनीहरूको आरोप छ। व्यवसायीले आज देखी पेट्रोलियम पदार्थको आयत र बिक्री वितरण पुर्णरुपमा रोकेको एलपी ग्यास उत्पादक एसोसिएसनले जनाएको छ।

हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ। यसै गरी दैनिक ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ। व्यवसायीले बिक्री वितरण रोकेसँगै देश भरका पेट्रोलपम्पमा लाइन शुुरु भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved