दीपेन्द्रले तोडे पारसको रेकर्ड

नेपालभ्युज

दीपेन्द्रले तोडे पारसको रेकर्ड

काठमाडौं। त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले मलेसियालाई हराउने क्रममा नेपाली ब्याटर दीपेन्द्रसिंह ऐरीले पूर्वकप्तान पारस खड्काको रेकर्ड तोडेका छन्। मलेशियाविरुद्धको आजको खेलमा दीपेन्द्रले टी ट्वान्टी इन्टरनेशनल म्याचमा नेपालका लागि सर्वाधिक रन लिने खेलाडी बनेका हुन्।

आजको खेलमा २१ रन जोड्दै दीपेन्द्रले टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा कुल ८ सय ३ रन बनाउन सके। ७०९ रन बनाएका पारसको रेकर्ड उनले तोडे। दीपेन्द्रले ३६ म्याचमा ३ अर्धशतकसहित यो संख्यामा रन बनाएका हुन्।

नेपालले आज १३.४ ओभरमा ४ विकेटको क्षतिमा ११५ को सहज लक्ष्य पूरा गरेको हो।

खेलमा ओपनर आसिफ शेखले अर्धशतक पार गरे। उनले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाएका थिए। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मलेसियाले ११४ रन जोडेको थियो। विशेषगरी नेपाली स्पिनरले कसिलो बलिङमार्फत मलेसियालाई कम रनमा रोकेका थिए।

पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपालले मलेसियाविरुद्धको खेलमा लगातार दोस्रो जित निकालेको हो। जितसँगै सिरिजको फाइनलमा पुग्ने नेपालको सम्भावना बलियो बनेको छ। नेपालले भोलि पीएनजीसँग खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved