विश्वकप छनोटः मध्यराति भिड्दैछन् दुई चर्चित खेलाडी

नेपालभ्युज

विश्वकप छनोटः मध्यराति भिड्दैछन् दुई चर्चित खेलाडी

काठमाडौं। कतार विश्वकप छनोटमा आज राति पोल्याण्ड र स्वीडेन भिड्दैछन्।

राति साढे १२ बजे खेल हुँदै छ। सन् २०१० र २०१४ को विश्वकपमा छनोट हुन नसके पनि स्वीडेन अघिल्लो (सन् २०१८) मा क्वार्टरफाइनलसम्म पुगेको थियो। सन् १९३० मा छनोट नभए पनि स्वीडेनको विश्वकप यात्रा सफल नै मानिएको छ।

युरोपको बलियो टोली मानिने स्वीडेनले दोस्रो विश्वकप सन् १९३८ मा सेमिफाइनल संस्करण पूरा गरेको थियो। त्यसपछि १९५० मा ब्राजिलमा भएको विश्वकपमा स्वीडेन तेस्रोसम्म भएको थियो भने सन् १९५८ मा आफ्नै देशमा आयोजना भएको विश्वकपमा ब्राजिलसँग फाइनलमा हारेको थियो। यही नै स्वीडेनको अहिलेसम्मको विश्वकपको सबैभन्दा सबल यात्रा थियो।

त्यसयता स्वीडेन सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा तेस्रो भएको थियो। सन् २००२ र २००६ को विश्वकपमा अन्तिम १६ मा पुगेको यो टोली सन् २०१० र २०१४ मा भने विश्वपकमा छनोट हुन सकेन।

युरोकपमा खराब इतिहास बोकेको स्वीडेनले अघिल्लो पटक भएको युरोकपमा भने चौथो स्थानमा हात पारेको थियो।

यता पोल्याण्डको विश्वकप यात्रा पनि खासै सुखद् मानिँदैन। सन् १९७४ र १९८२ मा तेस्रो भएको पोल्याण्ड अघिल्लो (रसिया विश्वकप) मा समूह चरणबाटै बाहिरिएको थियो।

पोल्याण्डका लागि आज राति हुने खेलमा मुख्य हतियार भनेका बार्यन म्युनिखका स्ट्राइकर रोबर्ट लेवण्डोस्की हुनेछन्। यता स्वीडेनमा भने अग्रपंक्तिमा अलेक्जेण्डर इसक आकर्षण हुनेछन्। आजको खेलमा एक स्वीडेनका जमानाका चर्चित ४० वर्षीय स्ट्राइकर ज्लाटन इब्राहिमोबिच आज बेन्चमा छन्।

आज राति हुने प्लेअफमा यीमध्ये जुन टोलीले जित्छन् ऊ कतार विश्वकपको यात्रामा सहभागी हुन पाउनेछन्।

युरोपबाट यसपटक कतार विश्वकपमा १३ देश सहभागी हुँदैछन्। जहाँ जर्मनी, डेनमार्क, बेल्जियम, फ्रान्स, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्याण्ड, स्वीटजरल्याण्ड र नेदरल्याण्ड्स विश्वकपमा छनोट भइसकेका छन्।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved