एमाले अध्यक्ष ओली आज पनि दिनभर रुपन्देहीमा व्यस्त रहने

नेपालभ्युज

एमाले अध्यक्ष ओली आज पनि दिनभर रुपन्देहीमा व्यस्त रहने
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलवार) पनि दिनभर रुपन्देहीमा व्यस्त रहनेछन्। यसअघि ओलीले सोमबार कपिलवस्तुमा सांसदहरूसहित हजारौँ कार्यकर्ता पार्टीमा भित्र्याएका थिए।
कपिलवस्तु कार्यक्रम सकाएर उनी सोमबार साँझ बुटवल आएर बसेका छन्। आज बिहान ९ बजे रुपन्देहीको तिलोत्तमाले निर्माण गरेको बहुउद्देश्यीय टावरको उद्घाटन गर्ने कार्यक्रम छ। टावर ९ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले जानकारी दिए।
त्यस्तै ११ बजे नेपाल भूपू सैनिक तथा प्रहरी सङ्गठनको राष्ट्रिय सम्मेलन तिलोत्तमास्थित ड्रिम ल्यान्ड गोल्ड रिसोर्टमा ओलीले उद्घाटन गर्नेछन्।
दिउँसो १ बजे लुम्बिनीमा सभा तथा पार्टी प्रवेश कार्यक्रम रहेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले लोकान्तरलाई जानकारी दिए। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, युवा नेता खिमलाल भट्टराई लगायतका नेताहरूले पनि संशोधन गर्ने कार्यक्रम रहेको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved