नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेपालभ्युज

काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ।

आइतबार ४१.४३ अंकले घटेको नेप्से सोमाबार ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले गिरावट आएको छ।

सोमबार कारोबारमा आएका २३१ कम्पनीको ४९ लाख ५८ हजार कित्ता शेयर २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको खरीदबिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत भारी गिरावट आएको छ। आइतबार करीब ५ अर्बको शेयर खरीदबिक्री भएको थियो।

सोमबार नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक राताम्मे देखिएको छ। जसमध्ये वित्त, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि दुई वटा कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै आज देखि दोस्रो बजारमा कारोबार शुरु भएको नेष्डो समृद्ध लघुवित्तको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ। तर यता सानिमा लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीनलाइफ हाइड्रोपावर र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा २२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरीदबिक्री गरेर जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। अपि पावर कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved