‘नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप र यहाँ हुने हरेक भूराजनीतिक खेलको प्रयासलाई चीन विरोध गर्छ’- वाङ यी

नेपालका परराष्ट्रमन्त्री नारायण खड्कासँग १२ चैतमा भएको भेटघाटमा नेपालको आन्तरिक मामिलामा हुने हस्तक्षेप र यहाँ हुने कुनै पनि भूराजनीतिक खेलको चीनले विरोध गर्ने धारणा राखेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

नेपालभ्युज

‘नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप र यहाँ हुने हरेक भूराजनीतिक खेलको प्रयासलाई चीन विरोध गर्छ’- वाङ यी

काठमाडौं। भर्खरै मात्र नेपाल भ्रमण सकेर स्वदेश फर्केका चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई हस्तक्षेप गर्ने कुनै पनि प्रयासको चीनले विरोध गर्ने धारणा राखेका छन्। नेपालका परराष्ट्रमन्त्री नारायण खड्कासँग १२ चैतमा भएको भेटघाटमा नेपालको आन्तरिक मामिलामा हुने हस्तक्षेप र यहाँ हुने कुनै पनि भूराजनीतिक खेलको चीनले विरोध गर्ने धारणा राखेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

“दुई देशको अन्तर्राष्ट्रिय र घरेलु मामिलामा जतिसुकै परिवर्तन आए पनि, दुवै देशका नेताले तय गरेको साझा भविष्यतर्फको दिशामा प्रतिबद्ध हुँदै चीन–नेपाल सहकार्य प्रवद्र्धन गर्न चीनले प्रयास गरिरहनेछ”, वाङले भनेका छन्।

नेपालका परराष्ट्र मन्त्री खड्कासँगको उक्त भेटमा यीले नेपाललाई स्वतन्त्र घरेलु र विदेश नीति तय गर्न चीनले सघाउने धारणा राखेको सिन्ह्वासँगको सहकार्यमा ग्लोबल टाइम्सले लेखेको छ।

ग्लोबल टाइम्सका अनुसार वाङले भने, “चीन र दक्षिण एशियाबीच सहकार्यका लागि उपयुक्त स्थान हुनुपर्छ। अन्य देशसँग नेपालले सह–अस्तित्वपूर्ण सम्बन्ध राखेको र क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा महत्त्वपूर्ण भूमिका खेलेको देख्दा चीन प्रसन्न हुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved