केपी ओलीमा रावण, कंश र शिशुपालको प्रवृत्ति देखियो : नेपाल

नेपालभ्युज

केपी ओलीमा रावण, कंश र शिशुपालको प्रवृत्ति देखियो : नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रावण, कंश र शिशुपालसँग तुलना गरेका छन्। समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा उनले रावण, कंश र शिशुपालले गरेका गल्ती गरिरहेकाले उनीहरूसँग ओलीलाई तुलना गरेर अध्ययन गर्न सकिने बताए।

ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी गर्दै उनले हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बने जसरी ओली पनि तानाशाह बनेको आरोप उनले लगाए।

‘‘केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के के प्रवृतिहरू देखिए, कंशमा के के प्रवृतिहरू देखिए, शिशुपालले सय ओटा के के अपराध गर्‍यो र हिटलरले के के कुकृत्य गरेको थियो ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउन सकिन्छ,” उनले भने, ‘‘ डेमोक्रेसीको आवरणमा हिटलर तानाशाही भयो, डेमोक्रेसीको आवरणमा बोल्यो, डेमोक्रेसीले नै जन्माएको हो हिटलर। तर डेमोक्रेसीले सबैलाई राम्रो मात्र जन्माउँदो रहेनछ तानाशाह पनि जन्माउँछ।”

कांग्रेसलगायत अन्य विपक्षी दलले कम्युनिष्ट अधिनायकवादी हुने आरोप लगाउने गरेकोमा कम्युनिष्टको आवरणमा पनि तानाशाहहरू जन्मिने उनले बताए। ‘‘डेमोक्रेसी र समाजवादको आवरणमा, साम्यवादको आवरणमा, कम्युनिष्टहरूको आवरणमा पनि तानाशाह जन्मिन्छ,” उनले भने, ‘‘कम्युनिष्ट भएकैले सबै तानाशाह हुन्छन् भन्ने कुरा होइन यो पात्र विशेषमा उत्पन्न भएको विकृत प्रवृति हो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved