प्रधानमन्त्री देउवासँग टू प्लस वान अवधारणामाथि छलफल गर्दै वाङ

नेपाल भ्रमणअघि भारत भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री यीले भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँगके भेटवार्तामा पनि यही विषयमा छलफल गरेका थिए।

नेपालभ्युज

प्रधानमन्त्री देउवासँग टू प्लस वान अवधारणामाथि छलफल गर्दै वाङ

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा चीन–भारत प्लस वानको अवधारणाको विषयमा छलफल गर्ने तयारी गरेका छन्।

नेपाल भ्रमणअघि भारत भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री यीले भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँगके भेटवार्तामा पनि यही विषयमा छलफल गरेका थिए। भारत भ्रमणमा क्रममा आफ्ना समकक्षीसँगको छलफलमा चिनियाँ परराष्ट्रमन्त्री यीले एक धुव्रीय एशिया चीनको पनि चाहना नभएको बताएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

चीन–भारत प्लस वान अवधारणालाई दक्षिण एशियामा चीन-भारत मिलेर जाने अवधारणाका रूपमा व्याख्या गरिएको छ। यसै अवधारणाअन्तर्गत रहेर चीन र भारतका सेनाले संयुक्त रूपमा केही वर्षअघि अफगानिस्तानका सेनालाई तालिम समेत दिएका थिए। सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको उहानको भ्रमण गर्दा चिनियाँ राष्ट्रपति सी जिनपिङले यो अवधारणा अघि सारेका थिए। नेपाल भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री यीले आजबाट औपचारिक भेटवार्ता शुरु गर्दैछन्।

नेपालमा भेट्ने व्यक्तिहरूको सूची कम बनाएका चिनियाँ परराष्ट्रमन्त्री यीले आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग सिंहदरबारमा भेटवार्ता गर्दैछन्। यसअघि जस्तो यीको नेपाल भ्रमणका समयमा अनौपचारिक भेटघाट हुने सम्भावना कम रहेको बताइएको छ। परराष्ट्रमन्त्री खड्कासँग चिनियाँ परराष्ट्रमन्त्री यीले एक्ला एक्लै १५ मिनेट वार्ता गरेपछि दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता हुँदैछ। अपरान्ह हुने दुई देशका परराष्ट्रमन्त्री बीचको भेटवार्तापछि चिनियाँ परराष्ट्रमन्त्रीले यीले प्रधानमन्त्री देउवासँग करीब आधा घण्टा भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री देउवासँगको वार्ताका क्रममा चिनियाँ सहयोगमा निर्माण भएको पोखरा विमानस्थलको भर्चुअल रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यस्तै चिनियाँ परराष्ट्रमन्त्री यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निवासमा करीब ४५ मिनेट छलफल गर्ने बताइएको छ। भने, आइतबार नै उनले प्रमुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै छन्। ओलीपछि चिनियाँ परराष्ट्रमन्त्री यीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दैछन्। दुवै भेट बौद्धस्थित होटल ह्यातमा हुँदैछ।

उनको सम्मानमा आजै नेपालका परराष्ट्रमन्त्री खड्काले आयोजना गर्ने रात्री भोजमा पनि सीमित व्यक्तिलाई मात्रै निमन्त्रणा गरिएको छ। कोभिडका कारण पनि चिनियाँ परराष्ट्रमन्त्री यीले धेरै भेटघाट नगर्ने इच्छा राखेको दूतावास स्रोत बताउँछ।

केही महीनाअघि मात्रै नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई भने चिनियाँ परराष्ट्रमन्त्री यीले भेटघाट गर्ने छैनन्। परराष्ट्र मन्त्रालयले जारी गरेको चिनियाँ परराष्ट्रमन्त्रीको भ्रमण कार्यक्रममा पनि यीले भेट्ने नेपाली नेताको नाममा नेपालको नाम समावेश गरिएको छैन। कार्यक्रममा नसमेटिए पनि यीले नेपाललाई भेट्ने अपेक्षा गरिएको थियो दूतावास स्रोतले यीले नेपाललाई भेट्ने कुनै कार्यक्रम नभएको जानकारी दिएका छन्।

यसअघि २२ भदौ २०७६ मा तीन दिने नेपाल भ्रमण गर्दा पनि उनले आफ्नो भेटघाटलाई सिमित राखेका थिए। उक्त भ्रमणमा पनि उनले राष्ट्रपति भण्डारीका अलावा तत्कालिन प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता देउवासँगै कांग्रेसका केही नेता र तत्कालिन नेकपाका अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved