बागमती प्रदेशसभाः हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

नेपालभ्युज

बागमती प्रदेशसभाः हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

हेटौंडा। बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।

बैठकले प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिनुभयो। उहाँका अनुसार, सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउनुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का कारण करिब तीन महीना अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन भएपछि दुई बैठक बसेर नवौँ अधिवेशन अन्त्य गरिएको हो।

प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत १२ वटा बैठक सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभाको पछिल्लो समय गत फागुन २९ गते, ३० गते र चैत ८ गते बसेको बैठकले दुई वटा विधेयक पारित गरेको थियो भने अन्य तीन वटा विधेयक संशोधनको लागि पेश गरेको थियो।

बागमती प्रदेशसभामा हाल १०९ सदस्य रहेका छन्। जसमा एमालेका ४३, माओवादीका २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सदस्य छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved