काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर

नेपालभ्युज

काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर

काठमाडौं। नेपाल विश्वका प्रमुख १० प्रदूषित देशभित्र परेको छ। मंगलबार सार्वजनिक विश्व वायु गुणस्तर प्रतिवेदनअनुसार प्रदूषित राजधानीमा काठमाडौं छैटौँ स्थानमा परेको हो।

प्रतिवेदनअनुसार सबैभन्दा प्रदूषित राजधानी भारतको नयाँ दिल्ली रहेको छ। त्यसपछि क्रमश ढाका (बंगलादेश), एन डिजामिना(चाड), दुसान्बे (ताजकिस्तान), दुसान्बे (ताजकिस्तान) र ओमान (मस्कट) परेका छन्। तथ्यांकले सातौँ प्रदूषित शहर बहराइन(मानामा देखाएकोमा आठौँ, नवौँ र दशौँ स्थानमा बगदाद (इराक), बिश्केक (क्रिजकिस्तान) र तासाकेन्ट (उज्वेकिस्तान) रहेका छन्।

आक्युएयरले ११७ देशका ६ हजार बढी शहरको वायु परीक्षण गरेकोमा कुनै पनि देशले प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न नसकेको सर्वेक्षणले देखाएको छ।

यसैगरी बढी प्रदूषित देशमा नेपाल दशौँ नम्बरमा छ। अध्ययनले सबैभन्दा प्रदूषित देश बंगलादेश देखाएकोमा त्यसपछि प्रदूषित मुख्य दश देशमा क्रमश: चाड, पाकिस्तान, ताजकिस्तान, भारत, ओमान, क्रिजिजिस्तान, बहराइन, इराक र नेपाल रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved