सामुदायिकसँग संस्थागत विद्यालय गाभ्ने तयारी भइरहेको छ: शिक्षामन्त्री पौडेल

नेपालभ्युज

सामुदायिकसँग संस्थागत विद्यालय गाभ्ने तयारी भइरहेको छ: शिक्षामन्त्री पौडेल

पोखरा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन्। पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षामा जोड दिँदै संस्थागत विद्यालयलाई गाभ्ने गरी राज्यले नीति ल्याउने तयारी गरेको जानकारी दिए।

संघीयताको मर्मअनुसार नै विद्यालय शिक्षालाई सुधार्न शिक्षक महासंघसँग ५१ बुँदे सम्झौता गरिएको जानकारी दिँदै मन्त्री पौडेलले यसलाई गहिरोसँग अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए। कोभिडका कारण शैक्षिकसत्र परिवर्तन नहुने स्पष्ट पार्दै उनले शिक्षा सुधार कार्यक्रमले तीनवटै तहको शिक्षालाई थप गुणस्तरीय बनाउने विश्वास व्यक्त गरे। आगामी आर्थिक वर्षदेखि एसईई परीक्षा प्रदेशबाटै सञ्चालन हुने उनको भनाइ थियो।

गण्डकी प्रदेशका भौतिक, सहरी विकासमन्त्री कुमार खड्काले देशको शिक्षा प्रणालीमाथि नै प्रश्न उठाउँदै शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखानामा सीमित हुन नहुने वताउनुभयो। प्रदेश सञ्चार, कानुन तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिँदै आईटी पार्क निर्माणको प्रक्रिया शुरु गरेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved