नेप्से १८ अंकले बढ्यो

नेपालभ्युज

काठमाडौं। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १८ अंकले बढेको छ। आज परिसूचक १७ दशमलव ९९ अंकले बढेर दुई हजार ६३४ दशमलव ५७ बिन्दुमा पुगेर बजार बन्द भएको हो।

यसदिन होटल र पर्यटन तथा लगानी अन्यबाहेक ११ उपसमूहको शेयर उकालो लागेको छ। सोमबार ईमर्जिङ नेपालको शेयर सर्वाधिक ९ दशमलव ९८ अंकले बढेको छ भने त्यसपछि न्याग्दी ग्रुप पावरको ७ दशमलव ६७ प्रतिशत र माउन्टेन हाइड्रोको ६ दशमलव ७४ प्रतिशतले बढेको छ।

उतारचढावकाबीच घट्दै गएको शेयर बजारमा घट्दै गएको कारोबार रकममा भने अझै सुधार आएको छैन। यसदिन २ अर्ब ५९ करोड रुपैयाँको ५ लाख १८ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved