भारतमा कोरोना संक्रमितको संख्या चार करोड ३० लाख नाघ्यो

कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या पाँच लाख १६ हजार २८१ पुगेको छ।

नेपालभ्युज

भारतमा कोरोना संक्रमितको संख्या चार करोड ३० लाख नाघ्यो

काठमाडौं। भारतको कोभिड–१९ संक्रमितको संख्या बिहीबार चार करोड ३० लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ संक्रमित थपिएपछि कोरोना कूल संक्रमित चार करोड ३० लाख ४ हजार ५ पुगेको सङ्घीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले जनाएको छ।

यसबाहेक शुक्तबार बिहानसम्म यस महामारीका कारण १४९ को ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या पाँच लाख १६ हजार २८१ पुगेको छ।

भारतमा हाल २९ हजार १८१ कोरोनाका सक्रिय संक्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा मात्र एक हजार ६१८ सक्रिय संक्रमित घटेका छन्।

कोरोना शुरु भएबाट हालसम्म भारतमा चार करोड २४ लाख ५८ हजार ५४३ सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमध्ये पछिल्लो २४ घण्टामा तीन हजार ९९७ कोरोनाबाट मुक्त भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved