नेपालको शानदार बलिङ, यूएई १६८ मै अलआउट

नेपालका लागि सोमपाल कामीले शुरुआती १० ओभरमै तीन विकेट लिए। उनले आजको खेलमा नौ ओभर बलिङ गर्दै ३९ रन मात्रै खर्चेर चार विकेट हात पारे।

नेपालभ्युज

नेपालको शानदार बलिङ, यूएई १६८ मै अलआउट

काठमाडौं। नेपाली बलरले राम्रो प्रदर्शन गरेपछि आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आयोजक यूएईसँगको खेलमा १६९ को विजयी लक्ष्य पाएको छ।

त्रिकोणात्कम सिरिजको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएई नेपाली बलरहरु चम्किएपछि ४६.३ ओभरमा १६८ रनमा समेटियो।

नेपालका लागि सोमपाल कामीले शुरुआती १० ओभरमै तीन विकेट लिए। उनले आजको खेलमा नौ ओभर बलिङ गर्दै मात्रै ३९ रन खर्चेर चार विकेट हात पारे।

त्यसैगरी, करण केसीले ७.३ ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेर तीन विकेट लिए। केसीसँगै सन्दीप लामिछाने, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए।

ब्याटिङतर्फ यूएईका लागि रोहन मुस्तफा र रिजवनले सर्वाधिक ४० ४० रन जोडेका थिए। कुनैबेला ३५ रनमा चार विकेट गमाइसकेको यूएईका लागि पाँचौँ विकेटका रुपमा यी दुईले २३ ओभरमा ७७ रनको साझेदारी गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved