यूएईविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

नेपाल यसअघिको खेलमा पपुवा न्युगिनीमाथि विजयी भएको थियो।

नेपालभ्युज

यूएईविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले यूएईसँग टस हारेर फिल्डिङको निम्तो पाएको छ।

टस जितेको यूएईले पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको हो। नेपाल यसअघिको खेलमा पपुवा न्युगिनीमाथि विजयी भएको थियो।

नेपाल र यूएईले चार पटक अन्तर्राष्ट्रिय एक दिवसीय खेलेका छन्। जसमा नेपाल र यूएईले समान दुई–दुई पटक जित हात पारेका छन्।

यूएईलाई पराजित गर्दै नेपाल यो सिरिजमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । रोचक बनेको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले हराएको थियो।

नेपालजस्तै यूएईसमेत लगातार दोस्रो जितको खोजीमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved