चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने मुख्यमन्त्री राईको विश्वास

फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ।

नेपालभ्युज

चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने मुख्यमन्त्री राईको विश्वास

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)का अवसरमा देश, विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री राईले आज जारी गरेको शुभकामना सन्देशमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन्।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास रहेको कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा (होली) यस वर्ष हिमाली तथा पहाडी जिल्लामा ३ चैत र तराईका जिल्लामा ४ चैतमा मनाइँदै छ।

रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ।

फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ।

सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राई सबैमा शुभकामना व्यक्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved