भिजिट भिसाका नेपालीको समस्या समाधान गर्न युएई सहमत

पछिल्लो समयमा भिजिट भिसाबाट निम्तिएका समस्या समाधान गर्न संयुक्त अरब इमिरेट्स (युएई) सहमत भएको छ।

नेपालभ्युज

भिजिट भिसाका नेपालीको समस्या समाधान गर्न युएई सहमत

काठमाडौं। पछिल्लो समयमा भिजिट भिसाबाट निम्तिएका समस्या समाधान गर्न संयुक्त अरब इमिरेट्स (युएई) सहमत भएको छ। युएई भ्रमणमा रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधन मन्त्री डा अब्दुल रहमान अब्दुल मानन अल अवारबीच गएराति भएको भेटवार्तामा यो विषयमा छलफल भएको हो
भेटका क्रममा रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई लैजाने गैरकानुनी एजेन्टहरूलाई कारबाहीको दायरमा ल्याउन युएई सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको श्रममन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ।

साथै भिजिट भिसामा युएई पुगेर अलपत्र परेका नेपालीहरूको समस्या समाधान गर्ने पनि सहमति भएको छ। मन्त्री अल अवारले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा युएई सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved