प्रकाश सपुतको ‘पिर’मा पूर्वछापामार खेलेकी केशरीले भनिन्– ‘ज्यान मार्नेसम्मको धम्की आइराखेको छ’ (भिडिओ)

‘‘मैले बन्दुक बोकेर मान्छे नमारे पनि आमजनतामा चेतना ल्याउनको लागि गीत सङ्गीतमार्फत योगदान दिएको छु। गणतन्त्रपछि पूर्वलडाकुहरूको अवस्था झन् दयानीय छ । नेताहरूलाई खबरदार गर्न मैले यो भूमिका निर्वाह गरेकी हुँ।’’

काठमाडौं। युट्युबमा ‘पिर’ गीत सार्वजनिक भएसँगै पक्ष–विपक्षमा बहस जारी छ ।  भिडियोमा पूर्वछापामार भूमिकामा रहेकी केशु पुन मगर (केशरी)ले आफूलाई ज्यान माग्नेसम्मको धम्की आएको बताएकी छिन्।

माओवादीकेन्द्रको युवक संगठन– वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ सहित माओवादी कार्यकर्ताहरूले उक्त गीतलाई सामाजिक सञ्जालमा  आलोचना गरेका छन् । माओवादी नेता–कार्यकर्ताले गीतको भिडियोमा आपत्ति जनाउँदै फोनदेखि कतिपयले भेटेरैसमेत धम्की दिएको केशरीले बताइन्।

केशु पुनमगर (केशरी) ‘पिर’को भिडिओबाट लिइएको फोटो

भिडियोमा एक पूर्वलडाकु देहव्यापारमा संलग्न भएको दृश्यमा अभिनय गर्ने  कलाकार  हुन्– केशरी ।   भिडियो निर्माता प्रकाश सपुतलगायतले पात्रहरू काल्पनिक भए पनि  विषयवस्तु सार्वजनिक भइरहेकै भएको बताएपछि माओवादी आक्रोश चुलिएको केशरीले बताइन्।

केशरीले नेपालभ्यूजसँग भनिन्, ‘‘मलाई लगातार फोन आइरहेको छ। फोन गर्ने अधिकांश माओवादी नेता र समर्थक हुनुहुन्छ। उहाँहरूले गीत हटाउन भनिरहनुभएको छ। गीत नहटाएर ज्यान तलमाथि हुनेसम्मका कुराहरू गरिरहनुभएको छ।’’

‘पिर’ को भिडियोमा रहेको कथा काल्पनिक नभएको उनको दाबी छ। भिडियोमा आफ्नो भूमिका जस्तै थुप्रै पूर्वलडाकुले यौन व्यवसाय अँगाल्न विवश भएको वास्तविकता रहेको उनले दाबी गरिन्। सीमित नेताहरूको जीवनस्तर माथि उठे पनि लडाकुहरू जहाँको त्यही रहेको उनले बताइन् ।

आफू पनि व्यवस्था परिवर्तनका लागि  सांस्कृतिककर्मीका रूपमा आन्दोलनमा होमिएको बताउने केशरीले भनिन्, ” ‘रक्तिम परिवार’ मा रहेर एक दशक बढी काम गरेँ। वर्तमान व्यवस्था ल्याउनको लागि मैले पनि लडेको छु।”

‘‘मैले बन्दुक बोकेर मान्छे नमारेनेपनि आमजनतामा चेतना ल्याउनको लागि गीत सङ्गीतमार्फत योगदान दिएको छु”,   केशरीले भनिन्, “गणतन्त्रपछि पनि पूर्वलडाकुहरूको अवस्था झन् दया्नीय छ । नेताहरूलाई खबरदारी गर्न मैले यो भूमिका निर्वाह गरेकी हुँ।’’

 


Comment

One thought on “प्रकाश सपुतको ‘पिर’मा पूर्वछापामार खेलेकी केशरीले भनिन्– ‘ज्यान मार्नेसम्मको धम्की आइराखेको छ’ (भिडिओ)

  1. प्रमाण सहित अदालत मा मुद्दा लगाउनु होला यसरी कसैलाई धम्काउन जो कोहिले नि पाउदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved