आठ महीनादेखि विद्युत् सेवा अवरुद्ध

साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन।

नेपालभ्युज

आठ महीनादेखि विद्युत् सेवा अवरुद्ध
प्रतिकात्मक फोटो।

सिमकोट। हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीन हजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन्। अदानचुली ४, ५ र ६ मा नौ महीनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ।

साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन।

ती तीन वडाबासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन्।

नहर मर्मतमा चासो नराख्दा विद्युत आयोनना सञ्चालनमा आउन सकिरहेको छैन।

उक्त विद्युत्को नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved