मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सांकेतिक तस्वीर

बुटवल। पाल्पाको तानसेन नगरपालिका ५ ढुङ्गाखानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तानसेन–तम्घास सडकखण्डअन्तर्गत तानसेनबाट हार्थोक जाँदै गरेको लु १४ प ६८६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा रिब्दीकोट–४, भैरवस्थानका २० वर्षीय भरत गोदार रहेका छ्न्। सडकदेखि १५ मिटर तल मोटरसाइकलसहित खसेका गोदारको उपचारका लागि मिसन अस्पतालमा पुर्‍याएको थियो। चिकित्सकले उनको बाटैमा मृत्यु भइसकेको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved