शेयर बजार रात्तै, कारोबार पनि घट्यो

नेपालभ्युज

शेयर बजार रात्तै, कारोबार पनि घट्यो

काठमाडौं। निरन्तर घट्दो क्रममा रहेको शेयर बजार साताको चौथो कारोबार दिन आज पनि घटेको छ। आज नेप्से परिसूचक ३० दशमलव २९ अंकले घटेर २५१४ दशमलव ६५ विन्दुमा झरेको बजार बन्द भएको छ।

आज १३ ओटै उपसमूहको शेयर ओरालो लागेको छ। ११ फागुनदेखि निरन्तर घट्दै गएको बजार गत सोमबार सामान्य बजार बढे पनि अन्य दिन निरन्तर बजार घटेको छ।

बुबार सबैभभन्दा बढी इनर्जी हाइड्रोपावरका लगानीकर्ताले ८  दशमलव १० प्रतिशतले लगानी गुमाएका छन् भने त्यसपछि इमर्जिङ नेपालको ३ दशमलव ९९ र आईसीएफसी फाइनान्सको शेयर ३ दशमलव ९५ अंकले घटेको छ।

आज कारोबार रकम पनि घटेको छ। यस दिन २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर खरीदबिक्री भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved