विधानसभाको ‘एक्टिज पोल’ भाजपाको पक्षमा, उत्तरप्रदेशमा पुनः आदित्यनाथको सरकार बन्दै

उत्तराखण्डमा सम्पन्न विधानसभाको एक्जिट पोलको परिणाम भाजपा र कांग्रेस दुवैको पक्षमा देखिएको छ। कुल ७० सिट रहेको त्यहाँको विधानसभामा कांग्रेसले २८ देखि ३२ सिट ल्याउने अनुमान गरिँदा भाजपाले २६ देखि ३२ सिट ल्याउने एक्जिट पोल पनि सार्वजनिक भएका छन्।

नेपालभ्युज

विधानसभाको ‘एक्टिज पोल’ भाजपाको पक्षमा, उत्तरप्रदेशमा पुनः आदित्यनाथको सरकार बन्दै

भारतको उत्तर प्रदेशको विधानसभाको निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विजयी हुने प्रारम्भिक नतिजाले देखाएको छ। भारतका पाँच राज्यमा १० फेब्रुअरीदेखि सात चरणमा सञ्चालन भएको विधानसभाको निर्वाचन ७ मार्चमा सम्पन्न भएको थियो।

१० मार्चदेखि मतगणना शुरु गर्ने तयारी हुँदा सार्वजनिक भएको निर्वाचनको ‘एक्जिट पोल’ मा उत्तर प्रदेशमा भाजपा पुनः विजयी हुने अनुमान गरिएको छ। भने, पञ्जाबमा आम आद्मी पार्टी विजयी हुने एक्जिट पोलको दाबी छ। उत्तर प्रदेश, पञ्जाब लगायत गोवा, उत्तराखण्ड र मणिपुरमा विधानसभाको निर्वाचन भएको थियो।

सीएनएन न्यूज १८, टाइम्स नाउ, इन्डिया टुडे, रिपब्लिका टीभी, न्यूज २४, न्यूज एक्स लगायतका सञ्चार माध्यममा आएका एक्जिट पोलमा भाजपा सहभागी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले उत्तर प्रदेशको कुल ४०३ सिटमध्य ३२६ देखि २११ बीच सिट ल्याउने अनुमान गरेका छन्। भने, एनडीएको प्रमुख प्रतिस्पर्धी समाजवादी पार्टी नेतृत्वको गठबन्धनले १६० देखि ७१ सिटबीचमा परिणाम ल्याउने अनुमान गरिएको छ।

भारतको लोसभाको कुल सिटमध्ये ८० सिट उत्तर प्रदेशबाट मात्रै आउने हुँदा उत्तर प्रदेशको विधानसभा निर्वाचनलाई ‘मिनी’ लोकसभाको निर्वाचन पनि भनिन्छ। त्यसैले पनि उत्तर प्रदेशको निर्वाचनलाई सत्तारुढ र विपक्षी दुवै दलले महत्वका साथ लिने गरेका छन्।

विधानसभा निर्वाचनको एक्जिट पोलको नतिजा दिइरहेका सञ्चारमाध्यमले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नेतृत्व गरेको पार्टी आम आद्मी पार्टीले पञ्जाबको निर्वाचन जित्ने बताएका छन्। भारतका प्रायः सबै सञ्चारमाध्यमले पञ्जाबमा केजरीवाल नेतृत्वको पार्टीले निर्वाचन जित्ने बताएका छन्। कुल एक सय १७ सिटको पञ्जाब विधानसभामा उक्त पार्टीले ७६ देखि ९० सिट ल्याउने दाबी गरिएको छ।

यद्यपी, केही एक्जिट पोलले पञ्जावमा कुनै एक दलको स्पष्ट बहुमत नआउने पनि दाबी गरेका छन्। हाल विधानसभाको निर्वाचन भएको पाँच राज्यमध्य भारतीय राष्ट्रिय कांग्रेस तुलनात्मक रुपमा पञ्जाबमा बलियो मानिएका कारण पनि यस्तो अनुमान गरिएको हो। तर, विधानसभाको निर्वाचनको मुखमा आएर कांग्रेसभित्र आन्तरिक किचलो बढ्दा त्यसको फाइदा केजरीवालको पार्टीलाई पुगेको धेरैको विश्वास छ। कांग्रेस पञ्जाबमा दोस्रो स्थानमा समेटिने दाबी गरिएको छ।

यता उत्तराखण्डमा सम्पन्न विधानसभाको एक्जिट पोलको परिणाम भाजपा र कांग्रेस दुवैको पक्षमा देखिएको छ। कुल ७० सिट रहेको त्यहाँको विधानसभामा कांग्रेसले २८ देखि ३२ सिट ल्याउने अनुमान गरिँदा भाजपाले २६ देखि ३२ सिट ल्याउने एक्जिट पोल पनि सार्वजनिक भएका छन्।

यता गोवा राज्यमा गठबन्धन सरकार बन्ने धेरैको अनुमान छ। मणिपुर राज्यमा भएको विधानसभाको निर्वाचन भने भाजपाको पक्षमा जाने विश्वास गरिएको छ। मणिपुरको ६० सिटको विधानसभा भाजपाले बहुमत प्राप्त गर्ने प्रारम्भिक अनुमानमा देखिएको छ।

सार्वजनिक प्रायः सबै एक्जिट पोलमा भारतीय कांग्रेसको प्रर्दशन यसअघिको विधानसभाको निर्वाचनको तुलनामा झनै खस्किने प्रक्षेपण गरिएको छ। भारतीय सञ्चारमाध्यममा आएकै एक्जिट पोललाई आधार मानेर निर्वाचन परिणाम आकलन गर्न भने सकिँदैन। बंगाल प्रदेशको विधानसभाको निर्वाचन परिणामले पनि त्यो देखाउँछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved