कर्मचारीले स्वच्छ छवि बनाइराख्नुपर्छ : प्रधानमन्त्री देउवा

उनले संघीय निजामती सेवा ऐन पनि यथाशीघ्र जारी गर्ने प्रतिवद्धता व्यक्त गरे।

नेपालभ्युज

कर्मचारीले स्वच्छ छवि बनाइराख्नुपर्छ : प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरूलाई जनतामा सहज सेवा प्रवाहको काम गर्न निर्देशन दिएका छन्। उनले राजनीतिक आस्थाका आधारमा सेवा प्रवाहमा भेदभाव नगर्न निर्देशन दिए।

जनताको निरन्तर सम्पर्कमा रहने हुनाले कर्मचारीहरूले आफ्नो छवि स्वच्छ बनाइराख्नुपर्ने उनको भनाइ थियो।

कर्मचारी समायोजनका समस्या समाधान गर्ने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताए।

‘‘कर्मचारी समायोजनको सन्दर्भमा देखिएका समस्या पारस्परिक छलफलको आधारमा समाधान गरी उनीहरूलाई सन्तुष्ट बनाउने काम गरिनेछ,” उनले भने।

उनले संघीय निजामती सेवा ऐन पनि यथाशीघ्र जारी गर्ने प्रतिवद्धता व्यक्त गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved