नेपालमै पहिलोपटक छाती नचिरी मुटुको शल्यक्रिया

नेपालभ्युज

नेपालमै पहिलोपटक छाती नचिरी मुटुको शल्यक्रिया

काठमाडौं। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पहिलोपटक छाती नचिरी मुटुको शल्यक्रिया ट्रान्सक्याथेटर अर्डिक भल्भ (TRANSCATHETER AORTIC VALVE IMPLANTATION (TAVI) पद्धतिमार्फत मुटुको सफल उपचार गरेको छ।

गत फागुन १६ गते ८० वर्षीया महिलाको सफल उपचार गरिएको अस्पतालका निर्देशक चन्द्रमणि अधिकारीले जानकारी दिए।

यस उपचार पद्दतिमा तिघ्राको धमनी फिमोरल आर्टरी (Femoral Artery) बाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथेटरद्वारा मानवनिर्मीत भाल्व मुटुभित्र छिराई रोग भएको एओर्टिक भाल्वको स्थानमा प्रत्यारोपण गरिने अधिकारीले बताए।

प्रत्यारोपण भएको भाल्वले तुरुन्तै काम शुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने उनले जानकारी दिए। बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्न नपर्ने भएकाले Complication हरू न्यून हुने र बिरामीलाई चाँडै डिस्चार्ज गर्न सकिने हुन्छ।

यो ८० वर्ष माथिका बिरामीका लागि मात्रै उपयुक्त हुने अधिकारीले बताए। यस पद्धतिको उपचारको अध्ययन सन् २००२ देखि मात्रै भएको हो। त्यसैले यसको दीर्घकालीन समस्या के हो भन्ने अध्ययन भइरहेको हुँदा ८० वर्षभन्दा कम उमेरमा यो पद्धति लागू नगरिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved