माई-पे वालेट प्रयोग गर्दा एक लाखको बीमा

नेपालभ्युज

माई-पे वालेट प्रयोग गर्दा एक लाखको बीमा

काठमाडौं। डिजिटल वालेट कम्पनी माईपेले वालेट प्रयोग गर्दा एक लाख रुपैयाँसम्मको जीवन बीमा गर्ने नयाँ योजना ल्याएको छ। कम्पनीले नेपालमै पहिलोपटक यस्तो योजना ल्याएको दाबी गर्दै डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सुविधा ल्याएको बताएको छ।

यस बीमा योजनाका लागि ग्राहकले अतिरिक्त शुल्क तिर्ननपर्ने कम्पनीले बताएको छ। उक्त १ लाखको दुर्घटना सुविधा प्राप्त गर्नका लागि माईपे एप डाउनलोड गरी केवाईसी भेरिफाइड भएको र नेपाली महीनाअनुसार हरेक महीना माईपे मार्फत न्यूनतम १ हजार रुपैयाँको कारोबार भएको हुनुपर्छ। यसरी मासिक १ हजारको कारोबार गर्ने ग्राहकलाई कारोबारको दोस्रो दिन बीमाका लागि कम्पनीले नोटिफिकेसन पठाउने र इच्छुक ग्राहकले यो सुविधा लिनसक्ने कम्पनीले बताएको छ।

कम्पनीले माईपेमार्फत कारोबार गर्दा अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक र १ रुपैयाँ मात्र शुल्कमा जुनसुकै बैंकमा रकम पठाउन सकिने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved