युट्युब र टिकटकलगायतमा भ्रमपूर्ण तस्वीर र भिडिओ आयो, कारबाही गर्छौंः साइबर ब्युरो

नेपालभ्युज

युट्युब र टिकटकलगायतमा भ्रमपूर्ण तस्वीर र भिडिओ आयो, कारबाही गर्छौंः साइबर ब्युरो

काठमाडौं । युट्युब तथा टिकटकलगायत सामाजिक सञ्जालमा अपराध अनुसन्धान प्रभावित हुनेगरी भ्रामक तस्विर तथा भिडिओ सार्वजनिक भएको भन्दै प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले कारबाही गर्ने चेतावनी दिएको छ।

केही दिनदेखि अनुसन्धान कार्यलाई नै प्रभावित पार्ने उद्देश्यले यस्ता कार्य भइरहेको भन्दै ब्युरोले सचेत गराएको हो। यस्ता गतिविधिले सामाजिक सद्भाव तथा पीडितको गोपनियताको हक हनन भएको पनि ब्युरोको ठहर छ। पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा भ्रामक र झूटा भिडिओ र तस्वीरले खलल पुर्‍याएको भन्दै यस्ता प्रवृत्ति देखिए विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गरिने बताएको छ।

केही दिनयता कलाकार पल साह प्रकरणमा केही भिडिओ तथा भ्रमपूर्ण सूचनाहरू सामाजिक सञ्जालमा आउन थालेपछि ब्युरोले सचेत गराएको हो। पीडितको नाम नै किटान गरेर उनीमाथि लाञ्छना लगाउने कार्य भएपछि ब्युरोले यस्तो सूचना जारी गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved