पाँच महीनाभन्दा बढीदेखि प्रभावित संवैधानिक इजलासमा सुनुवाइ शुरु

पाँच महीनाभन्दा बढीदेखि प्रभावित संवैधानिक इजलासमा सुनुवाइ शुरु
फाइल तस्वीर

काठमाडौं। करिब पाँच महीनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ शुरु भएको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरी छ थान मुद्दामा पेसीसमेत तोकेका छन्। इजलासमा कामु प्रधानन्यायाधीश कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्।

संविधानको धारा १३७ मा संवैधानिक इजलासको गठन गर्ने व्यवस्था छ। उक्त इजलासमा न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेको अन्य चार जना न्यायाधीश रहने व्यवस्था छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध यही १ फागुनमा सत्तारुढ दलले संसद्मा महाअभियोगको प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा छन्। अहिले कामु प्रधानन्यायाधीश कार्कीले इजलास गठन गरेर संवैधानिक इजलासमा विचाराधीन मुद्दाको सुनुवाइ अघि बढाएका छन्।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यसअघि १३ असोजखि संवैधानिक इजलासमा सुनुवाइ भएको थिएन।

आजदेखि इजलास गठन भएर पेसी तोकी सुनुवाइ शुरु भएको छ। संवैधानिक इजलासमा आज छ थान मुद्दामा पेसी तोकी सुनुवाइसमेत प्रारम्भ भइसकेको छ। हप्ताको दुई दिन बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गरेको छ।

उक्त इजलासमा संविधानसँग सम्बन्धित विषय र संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरूबीच अधिकार क्षेत्रबारे भएका विवाद र संघीय संसद् वा प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी विवाद र संघीय संसद्का सदस्य वा प्रदेशसभा सदस्यको अयोग्यतासम्बन्धी विवादमा सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved