यती एअरलाइन्ससँग आईएमई पेको नयाँ अफर, महत्वपूर्ण स्थानमा निःशुल्क उडान

नेपालभ्युज

यती एअरलाइन्ससँग आईएमई पेको नयाँ अफर, महत्वपूर्ण स्थानमा निःशुल्क उडान

काठमाडौं। आईएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ।

आईएमई पे एपका प्रयोगकर्ताहरूलाई फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आईएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्रमार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउनेछ।

हरेक वर्ष हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढिरहेको देखिन्छ। यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आईएमई पे र यती एयरलाइन्सवीच यो समझदारी बनेको बताइएको छ।

रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डोजस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानहरूको निःशुल्क टिकट पाइने व्यवस्था गरिएको छ। यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

आईएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागी हुन सक्नेछन्। सो अफर सीमित अवधिको लागि मात्र चल्ने जनाइएको छ।

अफर अवधिभरि ४ जना भाग्यशाली बिजेताहरू छानिने र जसमध्ये हरेक २ विजेताले जनाका लागि प्रस्थान र आगमनको टिकट जित्नेछन्। भाग्यशाली विजेताहरूले उल्लेखित गन्तव्यमध्ये एउटा रोज्न पाउनेछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved