२० फागुनदेखि संवैधानिक इजलास सुचारु हुने

नेपालभ्युज

२० फागुनदेखि संवैधानिक इजलास सुचारु हुने
फाइल तस्वीर

काठमाडौं। पाँच महीनादेखि ठप्प सर्वोच्च अदालतको संवैधानिक इजलाश सुचारु हुने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार २० फागुनबाट नियमित संवैधानिक इजलाश सुचारु हुनेछ।

२०७२ मा जारी भएको संविधानले संवैधानिक इजलाशको व्यवस्था गरेको थियो। सोही अनुरुप १४ पुस २०७२ मा नेपाल राजपत्रमा ‘सर्वोच्च अदालत (संवैधानिक इजलाश सञ्चालन) नियमावली २०७२’ प्रकाशित भएको थियो। संविधानको धारा १३३ को उपधारा (१), धारा १३७ को उपधारा (२) र (३) बमोजिम परेका निवेदन, मुद्दालगायत संवैधानिक इजलाशले हेर्ने व्यवस्था गरेको थियो।

साथै सर्वोच्च अदालत विशेष इजलाशमा विचाराधीन मुद्दा यो नियमावली प्रारम्भ भएपछि संवैधानिक इजलाशबाट हेर्ने व्यवस्था गरेको थियो।

१३ असोजपछि संवैधानिक इजलाश बस्न सकेको थिएन। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेर न्यायाधीशहरूले इजलाश बहिष्कार गरेपछि संवैधानिक इजलाश पनि प्रभावित हुन पुगेको थियो।

सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली लागू भएपछि प्रधानन्यायाधीशलाई गोला तान्न दिइएको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved