विवेकशील साझाले भन्यो– एमसीसीमा अब थप राजनीति नहोस्

संसद्मा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय भएको विवेकशील साझाले बताएको छ।

नेपालभ्युज

विवेकशील साझाले भन्यो– एमसीसीमा अब थप राजनीति नहोस्

काठमाडौं। विवेकशील साझा पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि थप राजनीति नगर्न आग्रह गरेको छ। प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा एमसीसी प्रकरणले नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी कम्प्याक्ट सम्झौतालाई अत्यन्त गिजोलेर चरम सत्ता दाउपेचको विषय बनाउँदै अन्ततः कुनै संवैधानिक तथा कानूनी हैसियत नहुने व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएबाट नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको छ।’

संसद्मा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय भएको विवेकशील साझाले बताएको छ।

विज्ञप्तिमा देखिएको छ, ‘विगतमा बारम्बार जसरी राष्ट्र हितलाई मध्यनजर राखेर होइन, निहित राजनीतिक स्वार्थहरूका कारण कयौँ गम्भीर निर्णयहरू लिइएका छन्, त्यसै गरी, एमसीसी पनि निहित राजनीतिक स्वार्थहरूका कारण नै पारित भएको छ।’

सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैह्र जिम्मेवारीपूर्ण शैली एवं संवेदनशील समयमा प्रदर्शित उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु हाम्रोजस्तो मुलुकका लागि शुभ सङ्केत नभएको विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved