शुक्रबारबाट देशभर ‘लप्पन छप्पन २’

नेपालभ्युज

शुक्रबारबाट देशभर ‘लप्पन छप्पन २’

काठमाडौं। आगामी शुक्रबारबाट फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउने भएको छ । नेपाल र विदेशमा छायाङ्कन गरिएको फिल्ममा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितिलाई चित्रण गरिएको छ। एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ।

खिलेन्द्रराज तिमसिना प्रस्तुत कर्ता रहेको फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रञ्जित वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन्। फिल्ममा निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायाङ्कन, शम्भुजित बासकोटा, राजेन्द्र भट्ट(मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको सङ्गीत छ।

फिल्म नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चिनियाँ गरी ६ भाषमा रिलिज हुनेछ । किङ योगी र दिलीप ओकेडाको कोरियोग्राफी रहेको फिल्ममा हिमाल केसी र सिमोन तामाङको द्वन्द्व र मिलन श्रेष्ठको सम्पादन छ ।

गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरी निर्माण गरेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माता तथा सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved