एमसीसी यत्तिकै पास भए राष्ट्रिय स्वाधीनता खतरामा पर्छ: देव गुरुङ (भिडियोसहित)

सत्ता साझेदार पाँच दलबीच एमसीसीबारे भएको सहमति अर्थमन्त्रीले खुलाउनुपर्ने उनले पटक पटक माग गरे।

नेपालभ्युज

एमसीसी यत्तिकै पास भए राष्ट्रिय स्वाधीनता खतरामा पर्छ: देव गुरुङ (भिडियोसहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले एमसीसी संशोधनबिना यत्तिकै पास भए राष्ट्रिय स्वाधिनता खतरामा पर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदनका लागि छलफलमा उनले एमसीसी गम्भीर र राष्ट्रिय स्वाधीनतासँग जोडिएकाले विरोध गरे।

यो परियोजनालाई विशुद्ध आर्थिक परियोजनाबाट लगे मात्र पास गर्न हुने नत्र नेपालको राष्ट्रिय स्वाधीनता खतरामा पर्ने दाबी उनको थियो। सत्ता साझेदार पाँच दलबीच एमसीसीबारे भएको सहमति अर्थमन्त्रीले खुलाउनुपर्ने उनले पटक पटक माग गरे।

एमसीसी आर्थिक सहायतासम्बन्धी सम्झौता नेपालले गरेकोमा यो सम्झौता सदनबाट अनुमोदन गरेर ऐन बनाउने प्रक्रिया नभएकोमा अहिले सदनमा प्रस्तुत गरेर अनुमोदन ऐन बनाउने भएपछि गम्भीर भएको उनको भनाइ थियो। ऐन बनाउने प्रक्रियामा नेपालको सार्वभौम अधिकार खण्डित हुनेगरी नेपालको राष्ट्रिय कानून निष्क्रिय हुने सम्झौता हाबी हुने सचेत उनले गराए।

एमसीसी सम्झौता संशोधन गरेर विशुद्ध आर्थिक परियोजनाअनुसार अघि बढ्न सकिन्छ भने अगाडि बढाउनुपर्ने अडान माओवादीको भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved