एमसीसी पास गर्ने व्याख्यात्मक टिप्पणीप्रति अमेरिका सकारात्मक

नेपालभ्युज

एमसीसी पास गर्ने व्याख्यात्मक टिप्पणीप्रति अमेरिका सकारात्मक

काठमाडौं । नेपालका सत्तारुढ दलहरूले व्याख्यात्मक टिप्पणी सहित एमसीसी संसद्बाट पारित गर्न लागेको विषयलाई अमेरिकाले सकारात्मक दृष्टिकोणबाट लिएको छ।

मसीसी संशोधन विना पारित नै गर्न नहुने नेपालका केही राजनीतिक दलको अडानबीच व्याख्यात्मक टिप्पणी सहित पारित गर्न सत्ता गठबन्धन तयार भएसँगै त्यसमा अमेरिकी सरोकारका विषयमा प्रश्न उब्जिदै गर्दा अमेरिका पनि त्यस्तो व्यवस्थाप्रति सकारात्मक रहेको बुझिएको हो।

एमसीसी संसद्ले पारित गर्दा व्याख्यात्मक टिप्पणी पनि पारित हुनेछ। तर, नेपालले पारित गरेको व्याख्यात्मक टिप्पणीका विषयमा अमेरिकी दृष्टिकोण के हुने भन्ने प्रश्न उब्जिँदै गर्दा अमेरिका त्यस विषयमा सकारात्मक देखिएको स्रोतको दाबी छ। नेपालको संसदले पारित गरे पनि अमेरिकाले मान्यता नदिएको अवस्थामा व्याख्यात्मक टिप्पणीको कुनै अर्थ हुँदैन।

त्यस्तो अवस्थामा व्याख्यात्मक टिप्पणीको उपदायतका विषयमा प्रश्न उब्जिदै गर्दा व्याख्यात्मक टिप्पणीमा अमेरिका सकारात्मक देखिएको स्रोतको दाबी छ। बहुपक्षीय सन्धिको सम्बन्धमा एउटा पक्षले आरक्षण राख्न पाउँछ तर दुईपक्षीय सन्धिको सम्बन्धमा सन्धि अनुमोदन गर्ने पक्षले आरक्षणको अर्को एउटा विधि प्रयोग गर्न व्यवस्था छ जसलाई व्याख्यात्मक टिप्पणी भनिन्छ।

यो संयुक्त राष्ट्र संघको ‘इन्टनेरशनल ल कमिशन’ ले नै बनाएको तरिका हो, जसलाई ‘भियना कन्भेन्सन’ ले पनि स्वीकार गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved