अभिनेता पल शाहलाई खोजेको खोज्यै प्रहरी

१७ वर्षीय किशोरीमाथि बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि अभिनेता पल शाह सम्पर्क बाहिर छन्।

नेपालभ्युज

काठमाडौं। १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि अभिनेता पल शाह सम्पर्क बाहिर छन्। कास्की घर भएका ती किशोरीका बुबाले आफ्नी छोरीमाथि पटकपटक पलले बलात्कार गरेको भन्दै जाहेरी दिएपछि उनी मोबाइल अफ गरेर सम्पर्कबाहिर बसेका हुन्। तर सामाजिक सञ्जालमा सक्रिय छन्।
पलले बुधबार फेसबुकमार्फत केही अडियो सार्वजनिक गरेका छन्। सो अडियोमा उनले दुर्गेश थापा, सरोज ओलीलगायतकाले फसाएको दाबी गरेका छन्।

पल शाह बिहीबार बालुवाटार त कहिले पुतलीसडकमा गएको उनको मोबाइल लोकेसनले देखाएको प्रहरीले जनाएको छ। तर एक छिनमा मोबाइल अफ भएको प्रहरीले जनाएको छ। पलको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा, काठमाडौँ र ललितपुर परिसरको टोली खटिएको छ। पलले काठमाडौँ छाडि नसकेको प्रहरीको निष्कर्ष छ। पल शाहलाई भने सिधै अदालतमा गएर हाजिर हुन शुभचिन्तकहरूले सुझाव दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved