प्रधानमन्त्री देउवालाई प्रचण्डको आग्रह – एमसीसी पास गर्न हतार नगरौँ

नेपालभ्युज

प्रधानमन्त्री देउवालाई प्रचण्डको आग्रह – एमसीसी पास गर्न हतार नगरौँ
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी पास गर्न हतार नगर्न अनुरोध गरेका छन्।

बिहीबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका प्रचण्डले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने भएकाले पारित गर्न हतार नगर्न आग्रह गरेका हुन्।

सत्ता साझेदार दलहरूबीच एमसीसीबारे सहमति हुन नसक्दा सत्ता गठबन्धनभित्रका दलहरूबीचको विवाद बढ्दै गएको छ। विवाद पेचिलो बन्दै गएकै बेला गत ८ फागुनमा प्रतिनिधिसभामा एमसीसी टेबल भएको थियो।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा आज बिहीबारदेखि छलफल हुँदैछ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा छलफल हुने भएको हो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved