नायक पल शाहले अडियो सार्वजनिक गर्दै भने, म माथि चार जनाले षड्यन्त्र गरे

पलले चार वटा अडिओ र एकवटा भिडिओ पनि पोस्ट गरेका छन्। अडिओ भिडिओमा गायिका र उनले नाम लिएकाहरूको आवाज सुनिन्छ। अडिओमा पललाई फसाउने गतिविधि गर्ने योजना बनाएको संवादहरू छन्।

नेपालभ्युज

काठमाडौं। बलात्कार आरोप लागेका अभिनेता पल शाहले आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन्। केही बेरअघि सामाजिक सञ्जालमार्फत आफूमाथि षड्यन्त्र भएको जिकिर गरेका छन्। पलले आफूमाथि षड्यन्त्र गर्ने व्यक्तिहरूको नाम भन्दै चार जनाको नाम अडिओसहित सार्वजनिक गरेका छन्।

कलाकार दुर्गेश थापा, गायक सरोज ओली, भाइ कृष्ण र सम्राट् चौलागाईले आफूहरूमाथि षड्यन्त्र गरेको जिकिर गरेका छन्।

पलले चार वटा अडिओ र एकवटा भिडिओ पनि पोस्ट गरेका छन्। अडिओ भिडिओमा गायिका र उनले नाम लिएकाहरूको आवाज सुनिन्छ। अडिओमा पललाई फसाउने गतिविधि गर्ने योजना बनाएको संवादहरू छन्।

नाबालिका गायिकालाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गरिएको उनको आरोप छ। पलले भनेका छन्, ‘‘अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईँहरू भगवान् रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाईदिनुहोला। यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु।’’

बुधबार गायिकाले आफूमाथि अभिनेता पलले यौन हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन्। जाहेरीदर्तापछि पलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले पक्राउको तयारी गरेका बेला पलले आफूमाथि षड्यन्त्र भएको दाबी गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved