सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन लोसपाको निर्देशन, एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई

नेपालभ्युज

सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन लोसपाको निर्देशन, एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले एमसीसीबारे अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। बुधबार बसेको लोसपा संसदीय दलको बैठकले बिहीबार प्रतिनिधिसभा बैठकमा सबै संसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको उक्त पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए।

कर्णले एमसीसीबारे प्रतिनिधिसभा बैठकअघि सांसदहरुलाई जानकारी गराउने गरि अन्तिम निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष ठाकुरलाई दिइएको बताए। पछिल्लो राजनितिक अवस्था हेरेर औपचारिक निर्णय भोलि लिइने उनले बताए।

प्रतिनिधिसभामा लोसपाका १३ जना सासंद् छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved