बालकोटमा ओलीलाई ‘ह्याप्पी बर्थडे’ भन्नेको लर्को

ओलीले ९३ बर्षीय बुवा मोहनप्रसादको साथमा केक काटे। सँगै बसेकी श्रीमती राधिका शाक्यलाई खुवाए। आफूले मुख जुठो मात्रै पारे।

नेपालभ्युज

बालकोटमा ओलीलाई ‘ह्याप्पी बर्थडे’ भन्नेको लर्को

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ७१ औँ जन्मदिन मनाइरहेका छ्न। ओलीलाई जन्मदिनको शुभकामना दिनेहरूको भीड बिहानैदेखि निजी घर बालकोटमा जारी छ।

ओलीले ९३ बर्षीय बुवा मोहनप्रसादको साथमा केक काटे। सँगै बसेकी श्रीमती राधिका शाक्यलाई खुवाए। आफूले मुख जुठो मात्रै पारे। स्वास्थ्यका कारण उनी बाहिरका खानेकुरा खाँदैनन्। दुई बर्षअघि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका बाहिरको खाना खासै नखाने बताए।

ओलीलाई जन्मदिनको शुभकामना दिन गृहमन्त्री बालकृष्ण खाणदेखि विभिन्न दलका नेता बालकोट पुगेका थिए। अहिले पनि शुभचिन्तकहरूको भीड बालकोटमा छ। केही बेरपछि ओलिले बोलेका भाषणको सङालो समवेत दृष्टि नामक पुस्तक विमोचन हुदैछ। जन्मदिनको अवसरमा गठाघरस्थित एक पार्टी प्यालेस्मा उनैले विमोचन गर्दैछ्न।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved