रूससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनमा यदि आन्दोलन या त्यस्तै आक्रामक केही कारबाही हुने अवस्था भयो भने आफूले मार्सल ल लगाउने पनि जेलेन्स्कीले जनाएका छन्।

नेपालभ्युज

रूससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

एजेन्सी। युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रूससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन्। उनले भनेका छन्, ‘मलाई लाग्छ रूससँग त्यत्रो द्वन्द्व हुनेछैन। अहिले हामीले सोचेजस्तो हिंसा पनि हुनेछैन।’

युक्रेनमा यदि आन्दोलन या त्यस्तै आक्रामक केही कारबाही हुने अवस्था भयो भने आफूले मार्सल ल लगाउने पनि जेलेन्स्कीले जनाएका छन्।त्यहाँ हुनसक्ने विद्रोहका बारेमा टिप्पणी गर्दै यदि त्यस्तो अवस्था आयो भने आफूले मार्सल ल लगाउने उनले बताएका हुन्।

पछिल्लो समयमा युक्रेनमा रूसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी रुपमा व्यापक विरोध भएको छ। युक्रेनको पूर्वी क्षेत्रमा रूसले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ। तर रूसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ।

अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले भने रूसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन्।

त्यस्तै, अरु पश्चिमा देशहरुले पनि यदि रूसले युक्रेनमा हमलाको तयारी गरेको हो भने त्यसको पुष्टि गरी रूसमाथि प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved