विश्वभर कोरोना सक्रिय संक्रमितको संख्या घट्दै

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १६ लाख १२ हजार नयाँ संक्रमित थपिएको छ। योसँगै सक्रिय संक्रमितको संख्या ६ करोड ६२ लाखमा झरेको छ।

नेपालभ्युज

विश्वभर कोरोना सक्रिय संक्रमितको संख्या घट्दै

काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमित थपिने दरमा कमी आएको छ। सक्रिय संक्रमितको संख्या घट्दै गएको छ। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १६ लाख १२ हजार नयाँ संक्रमित थपिएको छ। योसँगै सक्रिय संक्रमितको संख्या ६ करोड ६२ लाखमा झरेको छ।

अहिलेसम्म विश्वभर ४२ करोड ७९ लाखमा कोरोना पुष्टि भएको छ। जसमध्ये ३५ करोड ५७ लाख निको भएका छन्। ५९ लाख २३ हजारको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै २४ लाख ९१ हजार संक्रमित निको भएका छन् भने ८ हजार ३ सय संक्रमितको मृत्यु भएको छ।

अझै पनि सक्रिय संक्रमितको शून्य दशमलव १ प्रतिशत अर्थात् ८० हजारको स्वास्थ्यमा जटिलता देखिएको भएपनि बाँकीको अवस्था सामान्य छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved