एमसीसी सम्झौतामा माधव नेपालले दोहोरो चरित्र प्रदर्शन गरे : निधि

नेपालभ्युज

एमसीसी सम्झौतामा माधव नेपालले दोहोरो चरित्र प्रदर्शन गरे : निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमसीसी सम्झौताका सम्बन्धमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन्।

नेता निधिले आफू समेत सहभागी रहेको छलफलमा अध्यक्ष नेपालले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न सहमति जनाएको दाबी गरे। उनले भने, ‘पहिले ओली नेतृत्वको सरकार ढालौँ, अनि मिलेर एमसीसी अनुमोदन गरौं’ भनेका थिए।’

धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–२ को बेलहीमा निर्माण हुने भ्युटावर स्थलको निरीक्षणको लागि पुगेका नेता निधिले आम नेपालीलाई एमसीसीबारे जानकारी नभएको र अनावश्यक भ्रम फैलाइएको बताए।

उनले एमसीसी ऋण नभई अनुदान भएकाले देशमाथि कुनै व्ययभार नपर्ने बताए। ‘गाउँ समाजका हुने खानेले नहुनेलाई सहयोग वा चन्दा दिएजस्तै अमेरिकाले हामीलाई दिएको अनुदान हो। यसबाट मुलुकलाई लाभ नै हुने हो,’ उनले भने।

निधिले मुलुकमा यसअघि पनि धेरै मित्रराष्ट्रले अनेकौं पटक अनुदान र सहयोग उपलब्ध गराएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved