दोहोरो अंकले बढ्यो शेयर बजार, तीन अर्बको कारोबार

नेपालभ्युज

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५ दशमलव ४१ अंकले उकालो लागेर दुई हजार ७१८ दशमलव ५१ मा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५ दशमलव १५ अंकले उकालो लागेर ५१८ दशमलव ७९ मा पुगेको छ। नेप्सेमा दोहोरो अंकको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य बढेको छैन। कुल २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर रु दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ बराबरको कारोबार भयो।

कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ। नेप्सेका अनुसार बैंकिङ १६ दशमलव २८, व्यापार ८ दशमलव ०५, होटल तथा पर्यटन ३४ दशमलव ८४, विकास बैंक २२ दशमलव ८२, जलविद्युत् ७२ दशमलव ३९, वित्त २७ दशमलव २४, निर्जीवन बीमा ३९ दशमलव ०२, उत्पादन ६६ दशमलव २८, अन्य २९ दशमलव २१, लघुवित्त १२ दशमलव २७, जीवन बीमा १९ दशमलव १९, सामूहिक लगानी कोष ० दशमलव ०४ र लगानी १ दशमलव १ अंकले उकालो लागेको छ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ५० अर्ब ४७ करोड ४४ लाख ८२ हजार ३०१ बराबर पुगेको छ। नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु २६ करोड ५० लाख १३ हजार ५६० बराबरको कारोबार भयो। यस्तै जीवन विकास लघुवित्त रु २६ करोड तीन लाख २३ हजार ८४५, अरुण भ्याली हाइड्रोपावर रु १० करोड १८ लाख २२ हजार ७६२, अपि पावर कम्पनी रु नौ करोड ५० लाख ४७ हजार र नेशनल हाइड्रोपावर रु आठ करोड ५६ लाख ७३ हजार ४४० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए।

युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। गुराँस लघुवित्त ९ दशमलव  ६५, नेपाल हाइड्रो डेभलपर्स ७ दशमलव १९, बुद्धभूमि नेपाल हाइड्रोपावर ६ दशमलव ७२ र साहस ऊर्जाका लगानीकर्ताले ६ दशमलव १२ प्रतिशतले कमाए।

यस्तै नवील बैंकको ऋणपत्र १ दशमलव ९५, कालिका लघुवित्त वित्तीय संस्था १ दशमलव ८६, गरिमा विकास लघुवित्त १ दशमलव ५६, कर्पोरेट डेभलपमेन्ट बैंक १ दशमलव ४९ र मञ्जुश्री फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १ दशमलव २८ प्रतिशतले गुमाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved