पृथ्वीनारायणले कीर्तिपुरबासीको नाक काटेका होइनन् : ओली

नेपालभ्युज

पृथ्वीनारायणले कीर्तिपुरबासीको नाक काटेका होइनन् : ओली
फाइल तस्वीर

काठमाडौं। नेपाल एकीकरणको बेला पृथ्वीनारायण शाहले कीर्तिपुरबासीको नाक काटेको भनी आलोचना हुने गरेकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त आरोप गलत भएको दाबी गरेका छन्। ईन्द्रदह महोत्सवअन्तर्गत कवि गोष्ठीमा सहभागी हुन इन्द्रदहमा पुगेका उनले इतिहास बङ्ग्याउने, तोडमोड गर्ने र विकृत बनाउने प्रयासस्वरुप पृथ्वीनारायणले कीर्तिपुरबासीको नाक काटेको गलत भ्रम फैलाइएको बताएका हुन्।

पृथ्वीनारायणलाई महान् भन्दै उनले देवत्वकरण र दानवीकरण गर्ने प्रयास भएको बताए। उनले भने, ‘‘पृथ्वीनारायणले नाक काटे भन्ने गरिएकोमा वास्तवमा नाक काटिएको होइन,” उनले भने, ‘‘शासकले जितिसकेपछि त्यहाँका रैतीलाई रिजाएर कँजाएर खान चाहन्छ, त्यो ठाउँमा नाक काट्दै काट्दै कहाँ हिँड्छ ?”

पृथ्वीनारायणले गलत नै गर्दैन थिए भन्नु पनि गलत भएको तर नाक काटेको भन्नु गलत भएको दावी उनले गरे। पृथ्वीनारायणकै ढिपीका कारण गलत समयमा कीर्तिपुर आक्रमण गर्दा हार व्यहोरेको र कालु पाँडे मारिएको उनले बताए।

इतिहासमा कीर्तिपुर जितेपछि वि.सं. १८२२ मा त्यहाँका नेवारको नाक र ओठ काटेको भन्दै पृथ्वीनारायणको आलोचना हुने गरेको छ। जसकारण हरेक वर्ष पृथ्वीनारायण जयन्तीकै दिन त्यहाँका स्थानीयले विरोध कार्यक्रम गर्दै आएका छन्। त्यहाँका स्थानीयले इतिहासमा कालु पाँडेलाई काटिएको ढुंगाका नामले प्रसिद्ध कीर्तिपुरको एउटा छ्याक्टे ढुंगामा थुकेर आक्रोश र असन्तुष्टी पोखेर विरोध कार्यक्रम गर्ने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved