घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाको माग

नेपालभ्युज

घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाको माग
फाइल तस्वीर

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहायता परियोजना, एमसिसीकाविरुद्धमा आइतबार काठमाडौँमा गरिएको नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन्। अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्थासमेत सरकारले गर्नुपर्नेमा जोड दिएका छन्।

सो विज्ञप्तिमा उनले आफ्नोे पार्टीले सुरुदेखि नै एमसिसी सम्झौताको विरोध गर्दै आएको पनि स्पष्ट गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved