विवाहेत्तर सम्बन्धपछिका अपराध बढ्दै

प्रेमीसँग हत्याको योजना बनाएर हत्यापछि पत्नीले नै खोजी गरिदिन भनेर प्रहरीमा निवेदन दिएकी थिइन्। 

विवाहेत्तर सम्बन्धपछिका अपराध बढ्दै

बुटवल। बहुप्रेम र विवाहेत्तर सम्बन्ध फराकिलो बन्दै जाँदा केही समययता यसै कारण समाजमा अपराधिक क्रियाकलाप पनि बढ्दै गएका छन्। पछिल्लो तीन दिनमा लुम्बिनीका दुई जिल्लामा मात्रै यस्ता २ ओटा घटना बाहिरिएका छन्।

गत १० माघमा कपिलवस्तुमा जबर्जस्ती करणीको प्रयासपछि देवरले भाउजुको हत्या गरे। जबर्जस्ती करणीको प्रयासपछि देवरले ६० वर्षीया भाउजुको हत्या भएको छ। प्रहरीकाअनुसार देवर र भाउजुबीच पहिले सहमतिमा यौन सम्बन्ध भएकोमा दोस्रोपटक जबर्जस्ती करणीको प्रयास गर्दा प्रतिकार जनाएपछि हत्या भएको प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए।

भण्डारीकाअनुसार देवर वर्ष ४० बर्षीय (हरि)ले मादक पदार्थ सेवन गरेको विषयमा १० माघ राति श्रीमतीसँग झगडा भएको थियो। विवादपछि श्रीमती माइत गएपछि हरि रातको ९ बजे भाउजु दीपा (नाम परिवर्तित)को घर गएका थिए। भाउजु र देवरबीच सहमतीमा यौन सम्पर्क भएको र दोस्रो पटक यौन सम्पर्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँटी थिचेर हत्या गरेको स्विकार गरेको भण्डारीले बताए। घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन गरिएको थियो।

यता दाङमा प्रेम सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। प्रेमीसँग हत्याको योजना बनाएर हत्यापछि पत्नीले नै खोजी गरिदिन भनेर प्रहरीमा निवेदन दिएकी थिइन्।

दाङको राप्ती गाउँपालिका वडा नं. ३ वसन्तपुरकी ५० वर्षीया उमादेवी चौधरीले आफ्ना पति ५४ वर्षीय लप्टेन चौधरी हराएको भन्दै प्रहरीमा खोजी गरिदिन भन्दै निवेदन दिएकी थिइन्। फागुन ५ गतेको निवेदनमा उमादेवीले आफ्ना पति लप्टेन फागुन १ गते बिहान साढे ६ बजे काममा गढवा गाउँपालिका वडा नं. ३ गोवरडिया जान्छु भनी गएको भए पनि घर नर्फिएको र गाउँघर, आफन्तकहाँ खोजी गर्दा फेला नपरेको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्।

सोही दिन खोजी गर्ने क्रममा लप्टेनको शव प्रहरीले गढवा गाउँपालिका २ कोठरीस्थित राप्ती नदीमा फेला पार्‍यो। शवको सनाखत श्रीमती उमादेवी र आफन्तले गरेका थिए।

प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा गढवा गाउँपालिका वडा नं. ३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीसँग उमादेवीको अवैध प्रेम सम्बन्ध रहेको तथ्य उजागर गएको प्रहरीले जनाएको छ। प्रहरीले हनुमानलाई घटना अनुसन्धानका लागि झिकाएर सोधपुछ गर्ने क्रममा श्रीमतीले नै लप्टेनको हत्या गरेको पत्ता लागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। प्रहरी प्रमुख काफ्लेकाअनुसार हत्या गरेको स्वीकारिसकेकी छन्।

उमादेवी र हनुमानको विवाहेत्तर प्रेम सम्बन्धबारे पहिलेदेखि नै गाउँघरमा चर्चा रहेको हुँदा त्यही कारण लप्टेनले गाउँघरमा बेइज्जत गरेको तथा उमादेवीलाई कुटपिट समेत गर्ने गरेकोले हत्या गरेकोतर्फ उनको संकेत थियो। घटनामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved