म्यानचेष्टर युनाइटेडको सहज जित

नेपालभ्युज

म्यानचेष्टर युनाइटेडको सहज जित

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा आज राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई ४-२ गोलअन्तरले हराएको छ।

लिड्सको घरेलु मैदानमा युनाइटेडले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गर्न सफल भयो। लिड्सले भने  एक मिनेटको अन्तरमा ५३ र ४३ औं मिनेटमा दुई गोल फर्काएको थियो।

युनाइटेडका लागि ह्यारी म्यागुरे, ब्रुनो फर्नाण्डेज, फ्रेड र एन्थोनी इलिन्गाले एक/एक गोल गरे।

जितपछि युनाइटेडले २६ खेलबाट ४६ अंक जोडेको छ। ऊ शीर्ष चारमा यथावत् छ। पछिल्ला पाँच खेलमा एकमा मात्र जित निकालेको लिड्स भने १५ औं स्थानमा छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved