‘यो देश कानूनी शासनबाट चल्छ कि विदेशीको धाकधम्कीमा लम्पसार परेर ?’

नेपालभ्युज

‘यो देश कानूनी शासनबाट चल्छ कि विदेशीको धाकधम्कीमा लम्पसार परेर ?’
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबल गर्नु गैरकानूनी भएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा उनले एमसीसी परियोजना नेपालको संविधान मिचिनेगरी नेपाली भूमि विदेशी कम्पनीको नियन्त्रणमा हुने र परराष्ट्र नीतिमा आघात पुग्नेगरी टेबल भएकाले यसमा विरोध जनाएका हुन्।

उनले सरकारमा भएका दलबीच सहमति नभएको अवस्थामा र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाइरहेको अवस्थामा संसद्मा टेबुल हुनु आपत्तिजनक भएको बताए। नेपालको संविधानको धारा २८९ अनुसार विदेशीसँग भएको सम्झौता अनुमोदनका लागि दुई तिहाई बहुमतको सरकार चाहिने अन्यथा संघीय कानूनबमोजिम हुनुपर्नेमा दुवै नभएको अवस्थामा यसरी संसद्मा एमसीसी टेबुल हुनु विदेशी चलखेल भएको उनको भनाइ थियो।

अहिलेको अवस्थामा एमसीसी टेबुल गर्नु कानूनविपरीत र नेपाली जनताको भावनाविपरीत हुनुका साथै संसद्को अपमान समेत भएको उनले बताए। आज विदेशी डरधम्कीमा लम्पसार परेर एमसीसी टेबुल गरिएकाले यसमा उनले आपत्ति जनाए। उनले भने, ‘‘यो देश कानूनी शासनबाट चल्छ कि विदेशीको धाकधम्कीमा लम्पसार परेर ?” इतिहासबाट पाठ सिकेर विदेशीबाट त्रसित हुनुपर्ने अवस्थाको सिर्जना भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved