‘पाँच गिद्ध’को ‘तिकडमबाजी सरकार’ धेरै समय टिक्दैन : केपी ओली

ओलीले अहिलेको सत्ता गठबन्धनमा पाँच गिद्धहरू रहेका र ती सत्तामा रहुञ्जेल देशहितमा काम नहुने बताए।

नेपालभ्युज

‘पाँच गिद्ध’को ‘तिकडमबाजी सरकार’ धेरै समय टिक्दैन : केपी ओली
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार तिकडमबाजी सरकार भएको बताएका छन्।

भक्तपुरको सूर्यविनायक नगर अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनमा रहेका पाँच दललाई गिद्धको संज्ञा दिएका छन्। सत्तारुढ दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चालाई गिद्धको संकेत दिएका हुन्।

ओलीले अहिलेको सत्ता गठबन्धनमा पाँच गिद्धहरू रहेका र ती सत्तामा रहुञ्जेल देशहितमा काम नहुने बताए। घरको धुरीमा पनि एउटा कुनै गिद्ध बसेको राम्रो नमानिने भन्दै ओलीले अहिले देशको धुरीमा पाँचओटा गिद्ध बसेको बताए।

ओलीले अहिलेको सरकार धेरै समय नटिक्ने पनि बताए। अहिलेको सरकार गलत नियत र नजिरबाट बनेकाले यसको विकल्प पनि भएको बताए। उनले देशमा फेरि गतिलो सरकार बन्ने दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved